बिदेशबाट फर्किएर पुख्यौली थलोमा कृषि कर्म

धनकुटा-अधिकांश नेपाली युवा काम र अवसरको खोजिमा विदेशिने क्रम दिनानुदिन बढीरहेको छ। युवाहरु विदेशिएपछि खेतबारी बाँझो हुनु सामान्य जस्तै भइसकेको छ- गाउँघरतिर। तर, यस्तो अवस्थामा धनकुटाको पाख्रिवास नगरपालिकामा दुईजना युवा गाउँ फर्केर कृषि पेशामा रमाइरहेका छन ।

पाख्रिवास नगरपालिका १ तल्लो सान्नेमा स्थानीय नविन दाहाल र तिलक कार्कीले प्रशस्त सम्भावना देखेर गाउँमै खेती गरिरहनु भएको छ। उहाँहरुले सान्नेमा छिन्ताङदेवी कृषि फर्म मार्फत सञ्चालन गरेको निजी वन जिल्ला कै नमुना बनेको छ ।

एक सय रोपनी क्षेत्रफलमा बिभिन्न प्रजातिका सयौं वनस्पति उनीहरुको फर्ममा रहेका छन। पुख्यौली जग्गा खरिद गरेर उनीहरुले  मलेसियन सखुवा, टिक, पाउलिनिया, रुद्राक्ष र हजारौं कफिको विरुवा लगाएको फर्मका सञ्चालक तिलक कार्की बताउनुहुन्छ ।

करिब १ करोड रुपैयाँ लगानीमा सुरु गरेको फर्ममा हालसम्म करिब अढाई करोड लगानी भइसकेको छ। यो ठाउँबाट १० वर्षमा करिब २५ करोड आम्दानी हुने अपेक्षा छ। तर, यो फर्ममा हालमसम्म एक रुपैयाँ अनुदान र ऋण नपाएको फर्मका सञ्चालक नबिन दाहालले जानकारी दिनुभयो ।

दाहाल र कार्कीले पाख्रिबास नगरपालिका भित्र करिब ५ सय रोपनीमा फर्मलाई विस्तार गरी कफि खेतीसँगै ह्याचरीदेखि अष्ट्रिज, टर्की पालनका साथै विश्वकै महगों प्रजातीको विरुवा अगारोको खेती गर्ने योजना बनाएका छन ।

यता पाख्रिबास नगरपालिकाले भने यस्तो फर्मलाई छुट्टै नीति बनाएर सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बृषबहादुर राई बताउनुहुन्छ ।

पछिल्लो समय कृषि पेशाप्रति मानिसहरुको रुची घट्दै गइरहँदमा ‘म किसान हुँ, मेरो पेशा कृषि हो’ भनेर गर्व गर्न लायक काम यी दुई जना दाहाल र कार्कीले गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.