चार देशका राजदूतद्वारा राष्ट्रपतिबाट शपथ

काठमाडौँ – विभिन्न चार देशका राजदूतहरूले शपथ ग्रहण गर्नुभएको छ ।

आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराउनुभएको हो ।

अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त हुनुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.