उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो
मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गरिँदै

काठमाडौँ –आज सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ ।
नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको नर्वाचन आयोगले जनाएको हो ।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिनु भएको छ ।
आजैबाट मतगणना सुरु गर्ने गरी आयोगले तयारी गरेको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलनको काम भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्