काठमाडौं गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको झिनो लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको झिनो लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो ।

काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। यस्तै, माइकल लेभिट २५, ड्यान डौथवेट १९ र शंकर रानाले ११ रन बनाउदा अन्य कुनै पनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् । तनविरले आफ्नो चार ओभरमा २१ रन खर्चेर ५ विकेट लिए ।

कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.