सिरहा चोहर्वा खण्ड अवरुद्ध

सिरहा – सिरहा  चोहर्बा खण्डको भलुवाहि चौकमा बुधवार साँझ सिरहा नगरपालिका वडा नं।११ मा अटोको ठक्करबाट स्थानीय १८ वर्षीय नीरज कामतीको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै परिवारजनले उक्त सडक खण्ड अवरुद्ध गरेका छन् ।

मृतकलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गरेपछि सिरहा सदरमुकाम जाने आउने सवारीका साधनहरू बिचबाटैमा अलपत्रमा परेका छन् ।

हिजो साँझ करिब ८ बजेतिर बाटो क्रस गर्ने क्रममा कामतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.