डोटीका लेकाली बस्ती हिउँले सेताम्य

डोटी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गएरातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् ।

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको बडिकेदार गाउँपालिकाको खड्यौली, अतरकाडा, बडिकेदार धाम, लगायत क्षेत्रमा हिमपात भएको छ ।

त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न ठाउँमा हिमपात भएको छ । खप्तड शिखर, नापानी, केदार धुरा, लगायत उच्च लेकाली क्षेत्रमा अहिलेसम्म पनि परिरहेको स्थानीयवासीले बताएका छ्न। हिमपात र वर्षा भएपछि यहाँका पानी नलाग्ने लेकाली भेगका किसान खेती सप्रिने आसामा रहेका छन् ।

पानी नपरेर गहुँ सुक्ने अबस्थामा पुगेका थिए हिजो राती देखि वर्षा संगै हिमपात भए पछि गहुँ लगायत खेती समेत सप्रिने स्थानीय राम बहादुर बिठारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.