बचत अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई आज वीरगन्ज लगिने

काठमाडौं –  सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज वीरगन्ज लगिने भएको छ ।

वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई लैजान लागिएको हो ।

कास्की प्रहरीको हिरासतमा पोखरामा रहेका लामिछानेलाई जहाजमार्फत् काठमाडौं ल्याएर यहाँबाट पुन: जहाजबाटै सिमरामा लगिने छ । त्यहाँबाट भने गाडि मै राखेर उहाँलाई वीरगन्ज लगिने भएको हो ।

वीरगन्जमा जिल्ला सरकारी वकिलको कार्यालयको रोहवरमा बयान लिएपछि लामिछानेलाई पुन: पोखरा पठाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.