बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचारको मुद्दा दर्ता

काठमाडौँ – नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले आज सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण/व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको  आयोगको आरोप छ ।

अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको छ । जसअनुसार ०८० साउन १५ गतेदेखि हाल सम्म उनले लिएको लाभ सुविधा रकम छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा जफत/असुल उपर हुनुपर्ने आरोप-पत्रमा माग दाबी गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.