स्कर्पियो दुर्घटना अपडेटः मृतक सबैको पहिचान खुल्यो

रौतहट- रौतहटमा आज विहान दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सो दुर्घटना परी मृत्यु हुने र घाइते सबै यात्रु सिरहाकै रहेको रौतहट प्रहरीले जनाएको छ । मृतकहरुमा सात जना महिला र एक जना पुरुष रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा सिरहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवती देवी महरा, सोही टोलका ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महंगी देवी महरा, ६२ वर्षिया फुलमन्ती देवी चमार, ६० वर्षिया रामकुमारी देवी महरा, ३० वर्षिया सकुन्तला देवी महरा रहेका छन् ।

त्यस्तै गाडी चालक सिरहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षिय श्रीकुमार यादवको पनि मृत्यु भएको छ ।

दुर्घटनामा सिरहाको अर्नामा गाउँपालिका –३ का उमेश रामको श्रीमती ३० वर्षिया राधा राम, उमेश रामकै छोरा २ वर्षका आर्यन राम, सोही ठाउँका गणेश रामको २५ वर्षिया श्रीमति देव कुमारी महरा, गणेशको छोरा ७ वर्षका रितिक महरा र ६० वर्षिया कन्या देवी महरा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था सामान्य रहेको छ भने एकजना गम्भीर घाइते कन्या देवी महरालाई चपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बयोधा अस्पताल विरगंज रेफर गरिएको छ ।

बाराको विश्व प्रसिद्ध गढिमाई मेलाबाट फर्किदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जिल्लाको चन्द्रपुर नगरपालिका –४ पूर्वपश्चिम राजमार्ग स्थित धन्सर पुल नजिकैको जंगलमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.