वरिष्ठ पत्रकार भुषण पोखरेल एफएनजे रेडियो नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौँ – नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखा प्रतिष्ठानको अध्यक्षमा पत्रकार भुषण पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको आज भएको मनोनयनमा एकल उम्मेदवारी परेपछि पोखरेलसहितको कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।
पोखरेल विगत ३ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ । उपाध्यक्षमा चन्दा विष्ट अधिकारी, महिला उपाध्यक्षमा सरिता खनाल, सचिवमा अर्जुन सापकोटा, सहसचिवमा सुमन बस्नेत, समावेशी सहसचिवमा वेग बहादुर पुलामी र कोषाध्यक्षमा रमाकुमारी पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ।
खुला सदस्यहरूमा मो अल्लिम अन्सारी, मुकेशकुमार मिश्र, बलराम कोइराला, हेमन्त राज उप्रेती, महिला सदस्यमा राधिका ओझा, मधेशी सदस्यमा मनोजकुमार शाह र अन्य समावेशी सदस्यमा सितु मानन्धर निर्विरोध निर्वार्चित हुनुभएको छ ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा गोकर्ण रेग्मी र किरण अर्याल, प्रदेश परिषद् सदस्यमा रमिता यादव चुनिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्