पाकिस्तानलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश

यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।

यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन् । त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् ।

यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए । नेपालले अब भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.