यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य
काठमाडौं – काठमाडौंमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो। नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे ।
यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए ।
बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए ।
सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्