एनपिएल फाइनलका लागि सुदूरपश्चिम रोयल्सलाई १४० रनको चुनौती

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनल प्रवेशका लागि १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल बनायो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२÷१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११÷११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक–एक विकेट लिए । सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.