रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

काठमाडौँ- डोलप्रसाद (डिपी) अर्याल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बन्नुभएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.