महाकुम्भ २०२५ : उत्सव सुरु, सङ्गममा बिहान गङ्गा आरती

प्रयागराज (उत्तर प्रदेश), भारत – महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ ।

‘आरतीहरू’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ ।

यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गङ्गा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो ।

“आज एक विशेष आरती गरियो । यो कुम्भ मेलाको पूर्वाभ्यास थियो । केटाहरूले त्रिवेणी आरती र केटीहरूले गङ्गा आरती गर्नेछन् । आरती गर्ने यी बालबालिकाहरूलाई सबैले प्रेरित गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ।।। सनातन धर्ममा कुनै सीमा छैन भन्ने हामी सन्देश दिन चाहन्छौँ”, प्रयागराज तीर्थ पुरोहित प्रदीप पाण्डेले भन्नुभयो ।

महाकुम्भ १२ वर्षपछि मनाइँदैछ र जनवरी १३ देखि फेब्रुअरी २६ सम्म प्रयागराजमा भक्तजनहरूको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ ।

शाही स्नान ९राजकीय स्नान० भनेर चिनिने मुख्य स्नान जनवरी १४ ९मकर सङ्क्रान्ति०, जनवरी २९ ९मौनी अमावस्या० र फेब्रुअरी ३ ९बसन्त पञ्चमी० मा हुनेछ ।

दुर्घटना हुन नदिन जिल्ला प्रशासनले विशेष गरी भिड व्यवस्थापन र आगलागीबाट बच्न भक्तजनको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालेको छ ।

जिल्ला प्रशासनले महाकुम्भ समारोहअघि नयाँ दमकल केन्द्रहरूको उद्घाटन गरेको छ, जहाँ आगलागी भएमा द्रुत प्रतिक्रिया सुनिश्चित गर्न कम्तीमा ३६५ वटा सवारी साधन तैनाथ गरिएको छ ।

यसबाहेक सामान्य मानिसहरू सानो आगलागी घटनामा नआत्तिउन् भनेर अधिकारीहरूलाई जनचेतना अभियान र नक्कली अभ्यासहरू सञ्चालन गर्न भनिएको छ ।

एडिजी फायर पद्मजा चौहानले जनचेतना फैलाउन खटिएका अधिकारीहरूले मानिसहरूलाई यस्ता आगलागी घटनाहरू सम्हाल्न पनि सिकाउने बताउनुभयो ।

“हामीले अधिकारीहरूलाई पालहरूमा जान, जनचेतना फैलाउन र नक्कली अभ्यास गर्न भनेका छौँ । यदि कुनै सानो आगलागी घटना भएमा मानिसहरू नआत्तिउन् । अधिकारीहरूले मानिसहरूलाई यस्तो आगलागी कसरी नियन्त्रण गर्ने भनेर पनि सिकाउनेछन्”, उहाँले भन्नुभयो

यस पटक महाकुम्भका लागि प्रशासनले भक्तजनहरूको सुरक्षा सुनिश्चित गर्न कर्मचारीहरूको तैनातीसँगै प्राविधिक उपकरणहरू छनोट गरेको छ ।

चौहानले प्रशासनले श्रमशक्ति बढाएको र कुनै पनि भूभागमा चल्न सक्ने क्विक रेस्पोन्स भेहिकल, अल–टेरेन भेहिकल ९एटिभी०, फायर फाइटिङ रोबोट र फायर मिस्ट बाइक तैनाथ गरेको जानकारी दिनुभयो ।

चौहानका अनुसार प्रशासनले आगो निभाउने डुङ्गाहरू पनि ल्याएको छ । ती डुङ्गा एक हप्तामा तैनाथ गर्न तयार हुनेछन् । डुङ्गाहरूले आगो निभाउन नदीको पानी प्रयोग गर्नेछन् ।

यसैबीच डिजिटल फड्को मार्दै उत्तर मध्य रेलवेको प्रयागराज डिभिजनले आधुनिक प्रविधिमार्फत टिकटिङ प्रक्रियालाई सरल बनाउन नयाँ पहल सुरु गरेको छ ।

महाकुम्भको समयमा प्रयागराज जङ्क्सन र अन्य प्रमुख स्थानहरूमा वाणिज्य विभागका समर्पित रेलवे कर्मचारीहरू तैनाथ गरिनेछ । यी कर्मचारीहरूलाई तिनीहरूको हरियो ज्याकेटहरूद्वारा सजिलैसँग पहिचान गर्न सकिन्छ, जसमा पछाडि क्युआर कोड छापिएको हुनेछ ।

तीर्थयात्रीहरूले आफ्नो मोबाइल फोनबाट यो क्युआर कोड स्क्यान गरेर युटिएस ९अनरिजभ्र्ड टिकेटिङ सिस्टम० मोबाइल एप डाउनलोड गर्न सक्नेछन् । यो एपले यात्रीहरूलाई लामो लाइनमा नबसी अनरिजभ्र्ड टिकट बुक गर्न अनुमति दिन्छ ।

यो अभूतपूर्व पहलले रेलवे स्टेशनहरूमा भीड कम गर्ने छ र तीर्थयात्रीहरूलाई सहज रूपमा टिकट खरिद गर्न सक्षम बनाउनेछ ।

डिजिटल भुक्तानी विकल्पहरू प्रक्रियामा एकीकृत गरिएको छ । यसले महाकुम्भमा आउने लाखौँ भक्तजनका लागि समय बचत र झन्झट–मुक्त अनुभव प्रदान गर्ने वाचा गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.