अमेरिकी राष्ट्रपति पदमा जो वाइडन विजयी, अन्तिम मत परिणाम आउन भने बाँकी

काठमाडौं- अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उमेद्वार जो वाइडन विजयी हुनु भएको छ ।

बीबीसीका अनुसार भर्खरै पेन्सेलभेनियामा वाइडनले जितेसँगै राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मत वाइडलाई प्राप्त भएको हो ।

यद्यपी अरु ३ वटा राज्यमा मतगणनाको अन्तिम नतिजा आउन बाँकी नै छ ।

बाँकी नभाडा, जर्जिया र नर्थ क्यारोलाइना राज्यमा मत गणना जारी छ । नाभाडामा वाइडनको अग्रता कायम छ भने जर्जियामा मत पुन:गणना हुने भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार वाइडनले २७३ इलेक्ट्रोरल मत प्राप्त गर्नुभएको छ भने वर्तमान राष्ट्रपति  तथा रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गर्नुभएको छ ।

अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.