दोस्रो ‘पौवादुङमा गोल्ड कप’ माघ १ बाट सुरु हुँदै 

काठमाडौँ – भोजपुर जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ माघ १ गतेबाट सुरु हुँदैछ ।

गाउँपालिकाको आर्थिक सहयोगमा माघ १ देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाउँदै छन् । खेल पौवादुङ्मा रंगशालामा हुने छ । 

प्रतियोगितामा प्रथम हुने समूहले नगद तीन लाख नगदसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई दुई लाख पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनु भयो ।

यसै गरी खेलमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई उचित पुरस्कार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालनलाई निरन्तरता दिएको बताउनु हुँदै अध्यक्ष राईले प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताउनु भयो ।

‘गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले दोस्रो पटक पौवादुङमा गोल्डकपसँगै माघीमेला समेत आयोजना गरेका छौ, अध्यक्ष राईले भन्नुभयो, ‘प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ अर्का तर्फ यस्ता प्रतियोगितामार्फत स्थानीय तहमै दक्ष खेलाडी उत्पादन र खेलक्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो।’

पौवादुङमा गाउँपालिकाले यसअघि आयोजना गरेको प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको  थियो । पहिलो गोल्ड कप उपाधि भिडन्तको अन्तिम  खेलमा टिम देउरालीले  आम्तेक- ११ लाई ३-२ अन्तरले हराउँदै उपाधि जितेको थियो।

यस्तो छ खेल तालिका 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.