समग्र शैक्षिक सुधारमा पिएसबीको भूमिका महत्वपूर्ण: शिक्षा मन्त्री भट्टराई
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा सुधारमा सार्वजनिक सेवा प्रसारण पिएसबीको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
पिएसबीको पूर्वारम्भ अर्थात पिएसबी प्रि-लञ्चिङ कार्यक्रमको दोस्रो दिन आज “समृद्धिको आधार,सबल साझेदार” विषयमा भएको संवादमा मन्त्री भट्टराईले विद्यालय शिक्षाका सुधारका विषयहरु पिएसबीका अन्तरवस्तु बन्नुपर्ने बताउनु भएको हो ।
”विद्यालय शिक्षा विधेयक जुन अहिले संसदीय समितिमा विचाराधिन छ, त्यसलाई कसरी राम्रो बनाउने आजको सन्दर्भमा हाम्रो नागरिकले सोचे जस्तो शिक्षा दिन बाहिर देखिएका समस्याहरुलाइ संवोधन गर्दै त्यो विधेयक कसरी पारित गर्ने जस्ता विषयमा संचार माध्यमले विधेयक माथि संवाद चलाउनु पर्छ । विद्यालय शिक्षा सुधारका लागि यि र यस्ता विषयमा विभिन्न सरोकारवालासँग संवाद चलाउनु पर्छ । पिएसबीको यसमा भूमिका खेल्नु पर्छ” मन्त्री भट्टराइले भन्नुभयो ।
सार्वजनिक सरोकारको महत्वपूर्ण पाटो शिक्षा र स्वास्थ्यलाई सार्वजनिक सेवा प्रसारणको मुल विषयबस्तु बनाउने ध्येयले यो छलफल आयोजना गरिएको हो ।
पिएसबी पूर्वारम्भ कार्यक्रम भोलिसम्म जारी रहने छ।।
प्रतिक्रिया राख्नुहोस्