गत २४ घण्टामा थपिए २८१७ नयाँ संक्रमित, उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा गत २४ घण्टामा २८१७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२३११ जनाको पीसीआर परीक्षण गर्दा २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १५३३ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५७९२६ रहेको छ । नेपालमा निको हुनेको दर ८१.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.