कृषि विकास बैंक मुलुककै अब्बल बैंकका रुपमा स्थापितः अर्थमन्त्री पौडेल
काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले मुलुककै अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनु भएको छ ।
कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैंकको इज्जत र प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारी तथा व्यवस्थापनलाई आग्रह गर्नुभयो ।
मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेको बताउनु भयो ।
कृषि विकास बैंकले ग्राहकको चाहना र आवश्यकता अनुसार आफूलाई पूर्णरुपमा डिजिटाइज गरेको जानकारी कार्यक्रममा दिइयो । साथै बैंकले कुल ४ अर्व १३ करोड मुनाफा संकलन गर्न सफल भएको छ ।
मुलुकको कृषि तथा पशुपालन क्षेत्रमा मुख्य लगानी भएको यस बैंकले कृषक वर्गलाई मुख्य प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी पनि त्यस बखत दिइयो । बैंकका कुल २७ लाख ग्राहक देशभरि छरिएर रहेका छन् ।
वार्षिकोत्सवकै अवसरमा बैंकको नयाँ वेबसाइट शुभारम्भ गरिएको छ । साथै विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मानित समेत गरियो ।
प्रतिक्रिया राख्नुहोस्