संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं -सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति राम चन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते दिउसो ३ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको  कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे  सभामुख देवराज घिमिरेसँग छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.