रविको बयान सकियो,भोलि थुनछेक बहस सुरु हुने

श्रीमती र कानुन व्यवसायीको जिम्मामा छाडियो

 रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसँगको बयान सकिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा दर्ता भएको मुद्दाको बयान भएको हो । दिउसो १ बजेर ५ मिनेटमा शुरु भएको बयान साझ ५ बजे सकिएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमुर्ती ज्ञवालीले जानकारी दिनुभयो ।

थुनछेक बहष र आदेश आज नभएपछि लामिछानेलाई श्रीमती र  कानुन व्यवसायीको जिम्मा लगाएर छाडिएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । उहाँलाई भोली साढे १० बजे अदालत उपस्थित हुनेगरी छाडिएको ज्ञवालीको भनाइ छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उहाँलाई प्रतिवादी बनाइएको छ । लामिछाने बिरुद्धको मुद्धा जिल्ला न्यायिधश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीको तर्फबाट जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेल र जिल्ला सहन्यायधिवक्ता गोकर्ण घिमिरेले बहष गर्ने तयारी थियो ।

लामिछानेको तर्फबाट शशिल पन्त, नारायण कणेल, गोविन्द मरासिनी लगाएतले बहष गर्ने तयारी थियो । हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्धइलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा हुनुभएको थियो । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उहाँ थुनामुक्त हुनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.