सुनको मुल्यमा गिरावट

काठमाडौं- पहेँलो धातु सुनको मूल्य ओरालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा प्रतितोला रु तीन हजार ४०० ले ओरालो लागेको छ ।

सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा कारोवार भएको छ । महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले घटेको छ ।

सोमबार प्रतितोला रु ९७ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ७० ले घटेर रु एक हजार २१५ मा कारोवार भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ कारोवार भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.