भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न लिङ्देनको आग्रह

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उहाँले नेपाली कांग्रेस र नेकपा(एमाले)को संयुक्त सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको र सुशासनका पक्षमा कुनै काम गर्न नसकेको भनी आरोप लगाउनुभयो ।
नेता लिङ्देनले रवि लामिछानेको हिरसत बसाइलाई लिएर सरकारले कानुन सवैलाई बराबर हो भनेर विश्वास दिलाउन नसकेको आरोप लगाउनु भयो ।
‘एउटा पार्टीको अध्यक्ष ८४ दिन प्रहरीको हिरासतमा बस्नुपर्यो। त्यही प्रकृतिको मुद्दामा सहकारीको सञ्चालक भएको तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने, मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन भनेर वकालत गर्दिनँ। कानून त सबैलाई बराबरी लाग्छ होला नि। उहाँले ८४ दिन हिरासत बस्नु पर्ने, अरु अदालतमा हाजिर भएर घर जानुपर्ने कस्तो व्यवस्था हो?’ लिङदेनले भन्नुभयो ।
सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशका कारण पछिल्ला दिनमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भए पनि राज्यका निकायले थाहा नपाएजस्तो गरेको उहाँको भनाइ थियो ।






प्रतिक्रिया राख्नुहोस्