महोत्तरीमा एक युवतिको बीभत्स हत्या

 महोत्तरी –  महोत्तरीको गौशाला शिवभक्तिखाेरमा एक युवतिको बीभत्स हत्या भएको छ ।

गौशाला नगरपालिका ८ का अभिषेक यादवकी २१ वर्षीय श्रीमती खुश्बु कुमारी यादवको गए राति हत्या भएको हो ।

प्रहरीका अनुसार पारिवारिक विवादका कारण खुश्बुकाे हत्या गरिएको जनाएको छ । हत्यापश्चात् अभिषेक यादव लगायत उनका घरपरिवार फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला  प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवाले जानकारी दिनुभएको छ ।

मृतकको शव पाेस्टमार्डमका लागि जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवाले बताउनु भयो ।

मृतकका माइतीपक्षका अनुसार गत विवाहपन्चमीका दिन खुश्बुकाे विवाह गौशाला नगरपालिका ८ का अभिषेक यादवसँग भएको थिए । विवाहपछि खुश्बु माइतीघर फर्केर गएका थिएन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.