सामाजिक सञ्जालको नियमनले कानुनले प्रदान गरेका हक अधिकार खोस्दैन –उपप्रधानमन्त्री पौडेल

बुटवल- नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सामाजिक सञ्जालको नियमनबाट कानुनले प्रदान गरेका नागरिकका हक अधिकार नखोसिने बताउनु भयो ।
गृह जिल्ला रुपन्देहीमा पत्रकारहरूसँग अन्तरक्रिया तथा छलफल गर्दै उपप्रधानमन्त्री पौडेलले नागरिक अधिकार र लोकतन्त्रका मूलभूत सिद्धान्त विचलित नहुने गरी सामाजिक सञ्जालको नियमन गर्न जरुरी रहेको बताउनु भयो ।
नागरिक अधिकार, लोकतन्त्र, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि लडेर आएका राजनीतिक शक्तिहरूको सरकार भएकोले नागरिकका हक कुण्ठित गर्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सरकार जुनसुकै बाधा व्यवधानको सामना गरेर भए पनि जनताको हित, मुलुकको विकास र समृद्धिका साथै राजनैतिक स्थायित्वका लागि दृढ भएर अघि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्