सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा उपहार

चितवन – चितवनको इच्छा कामना गाउँपालिकाका एकल महिलाहरूलाई आयआर्जनका लागि थप बाख्रा वितरण गरिएको छ ।
सपना भिलेज सोसियल इम्पयाकट द्वारा एक वर्षअघि इच्छाकामाना गाउँपालिकाका एकल महिलाहरूलाई एकल महिला सशक्तीकरण परियोजना मार्फत थप बाख्रा उपहारस्वरूप प्रदान गरिएको हो।
सपना भिलेज सोसल इम्प्याक्टले गत वर्ष चितवनको इच्छा कामना गाउँपालिकाका सीमान्तकृत चेपाङ समुदायका एकल १६ जना महिलालाई जनही ४ वटाका दरले ६४ वटा बाख्रा वितरण गरेको थियो ।
उनीहरूको लगनशीलता, मेहनत र प्रगतिको आधारमा राम्रो गर्ने १० जनालाई यो वर्ष थप दुई दूईवटा बाख्रा उपहारस्वरूप प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो।
सो वडाका २१ जना एकल महिलाको पहिचान गरी दिगो आयआर्जनका लागि बाख्रा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवन स्तर उकास्न आयमूलक कार्यक्रम ल्याइएको गिरीले बताउनुभयो ।
सपना भिलेज सोसल इम्प्याक्टको सहयोगले आफुहरुलाई आर्थिक रुपमा सक्षम बनाएको स्थानिय महिलाहरुले बताउनुभयो।






प्रतिक्रिया राख्नुहोस्