पृथ्वी राजमार्गमा पाँच ओटा सवारी एक आपसमा ठक्कर खाँदा तिन जना घाइते

 धादिङ-    पृथ्वी राजमार्ग स्थित मलेखु बोनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी तिन जना घाइते भएका छन् ।

काठमाण्डौँबाट मुिग्लनतर्फ जाँदै गरेको माइक्रो बसले विपरीत दशतर्फबाट आउँदै गरेको चार ओटा सवारीलाई ठक्कर दिँदा भएको सो दुर्घटनामा तिन जना घाइते भएको हो ।

दुर्घटना बेनी घाट रोराङ्ग गाउँपालिका स्थित मलेखु नजिकै भएको हो । सो माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकलाई पहिले ठक्कर दिन पुग्दा अनियन्त्रित भई अर्को स्करपियो जिपमा ठोकिन पुगेको र त्यस पछि मोटर साइकललाई ठक्कर दिए पछि पुर्न अर्को माइक्रो बसमा ठक्कर खान पुग्दा भएको दुर्घटनामा ठक्कर दिने काडमाण्ठौँबाट मुग्लीन तर्फ आउँदै गरेको माइक्रो चालक र विपरीत दिशाबाट आउँदै गरेको मोटर साईकलमा सवार दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।

घाइतेको मलेखु स्थित स्थानीय अस्पतालमा उपचार भई रहेको र सबै घाइते खतरा मुक्त रहेको पनि प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.