हेटौँडा उपमहानगरपालिकामा फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य रोकियो 

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य रोकिएको छ। उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेपछि उपमहानगरपालिकाले फोहोर व्यवस्थापन स्थगित गरेको हो। उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगित गरिएको जानकारी गराएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अदालतको आदेशपछि वैकल्पिक स्थानको अभावमा फोहोर उठाउने काम रोक्नुपरेको बताउनुभयो । वैकल्पिक स्थान खोज्ने प्रयास भइरहेको भए पनि हालसम्म उपयुक्त विकल्प नपाइएको प्रवक्ता न्यौपानेले बताउनुभयो । अर्को व्यवस्था नभएसम्म घरमै फोहोर व्यवस्थापन गर्न उपमहानगरको रहेको छ । ५५ वर्षदेखि सोही क्षेत्रमा फोहोर व्यवस्थापन हुँदै आएको राप्ती तटमा प्रदूषण फैलिएको भन्दै स्थानीय  योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गर्नुभेको थियो । उक्त मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले अर्को निर्णय नभएसम्म सो स्थानमा फोहोर नफाल्न र फाल्न नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न माघ २९ गतेका लागि पेशी तोकिएको छ । वि.सं. २०२६ मा तत्कालीन हेटौँडा नगर पञ्चायतले राप्ती तटलाई फोहोर फ्याँक्ने स्थान तोकेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.