पिएसबी सञ्चालक समितिको सदस्यमा डा चापागाईं

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको सञ्चालक समिति सदस्यमा डा भूमिराज चापागाईं नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिका नवनियुक्त सदस्य डाक्टर चापागाईंलाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

   गैँडाकोट-५ नवलपरासी निवासी डाक्टर चापागाईं मन्त्रीस्तरको निर्णयबाट ४ वर्षका लागि सञ्चालक समिति सदस्य नियुक्त हुनुभएको हो ।

शेयरकाष्ट इनिसियटिभ्स् नेपालका सहसंस्थापक र कार्यक्रम निर्देशकका रुपमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अनुसन्धानमा लामो समयदेखि संलग्न चापागाईं सञ्चारविज्ञका रुपमा पनि परिचित हुनुहुन्छ ।

डा चापागाईंले नेपाली संस्कृतिको प्रवर्द्धनमा एफएम रेडियोले निर्वाह गरेको भूमिका विषयमा विद्यावारिधि गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.