कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी छ ।

पार्टी मुख्यालय सानेपामा जारी बैठकमा कांग्रेसले देशभरका क्रियाशिल सदस्यहरुको पछिल्लो विवरण केन्द्रमा पठाउने विषयमा छलफल गर्ने जनाइएको छ ।

यसैगरी, पार्टीका समानुपातिक तर्फबाट निर्वाचित हुनु भएका संघीय सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त भएको ठाउँमा पठाउने नामको पनि कांग्रेसले आजै टुंगो लगाउने तयारी गरेको छ ।

केहि महिना अघि मात्र नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका राप्रपा नेता सुनिल थापासँगै पार्टीमा प्रवेश गरेका सदस्यहरुको जिम्मेवारी र साँगोपाँगो एकताको विषयमा पनि आजको बैठकमा छलफल हुने छ ।

क्रियाशील सदस्यता र पछिल्लो पटक सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठन गरेको विषयलाई लिएर नेपाली कांग्रेसभित्र पनि विवाद कायमै छ । यस विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको कार्यशैलीको विरोध समेत गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.