रुकुम पूर्वको भूमे गाउँपालिकामा तीन जनाको शव फेला

रुकुम पूर्व-  रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ ।

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ मा दुई जनालाई धारिलो हतियारले काटिएकाे अवस्थामा शवहरु फेला परेका हुन

भूमे ४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले ६० वर्षीय ढाटी बुढामगरउनको नाति ८ महिनाको सिजन बुढामगरलाई घरेलु हतियार खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। 

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

फरार रहेका चन्द्रसिङ पुनमगरलाई खोजतालसका क्रममा खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला पारिएको डिएसपी खरेलले बताउनुभयो ।

वडा अध्यक्ष श्यामप्रसाद बुढामगरका अनुसार दुई जनाको शवलाई मुचुल्का बनाई शव उठाउने प्रक्रिया भैरहेको र फरार भनिएकाे व्यक्तिको पनि मुचुल्का उठाउने प्रक्रिया चलेको छ ।

यस बिषयमा अनुसन्धान पश्चात् पुरा विवरण आउने जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी हिम बहादुर खड्काले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.