माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजनाको निमार्णको काम सूचारु

रसुवा-  स्थानीयहरुको आन्दोलनका कारण बन्द भएकोे रसुवाको उत्तरगया गाँउपलिका एकमा निमार्णाधिन माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजनाको निमार्णको काम सूचारु भएको छ ।

तीरुमा हालै निमार्ण गरिएको एकिकृत बस्ति तथा गोगने मैलुङ गाँउमा आयोजना निमार्ण गर्दा परेको असरको भुर्गभ बिदले अध्ययन गरि प्रतिबेदन तयार पारेको अधारमा आयोजनाले काम गर्ने गरि सहमति जुटे संगै आन्दोलन स्थगति गरे पछि आयोजनाको निमार्णको काम सूरु भएको हो ।

पिडित पक्ष,जनप्रतिनिधि,जिल्लाका राजनितिक दल, प्रशासन र आयोजना बीच तीरुमा छलफल भए पछि सहमति नजिक पुगे संगै पीडित पक्षले आन्दोलन स्थगन गरेको हुन । आयोजना निर्माणका क्रममा ब्यास्टिङ गर्दा घर चर्किएको र वस्तिमा गम्भीर असर परेको भन्दै उनीहरुले पन्ध्र दिन अघि बाट बिभिन्न माग राख्दै आन्दोलन गरेका थिए । निमार्णाधिन जलबिद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छ भने बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँद याममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । आयोजनाको निर्माणको काम २०७८ पुस देखि सुरु गरिएको थियो भने २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.