राष्ट्रियसभाको मर्यादामा सांसद शाहीको प्रहार, सभाबाटै खेद प्रकट !

काठमाडौँ -राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको अभिव्यक्तिलाई लिएर खेद प्रकट गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीले सभाको कामकारबाही र सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोप्रति खेद प्रकट गर्नुभएको हो ।

राष्ट्रियसभाले २०८१ माघ २८ गते पारित गरेको ‘मिडिया काउन्सिल विधेयक’लाई लिएर सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभा सदस्य शाहीले दिनुभएको अभिव्यक्तिप्रति खेद प्रकट गरिएको हो ।

यस्तो थियो शाहीले समाजिक संजालमा लेखेको विषय 

राष्ट्रियसभाको आजको शून्य समय र विशेष समयमा प्रतिनिधिसभाका सदस्य शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा सभाको ध्यानाकर्षण गराइएको थियो ।

राष्ट्रिय सभाको खेद प्रस्ताव पारित गरेसँगै सांसद शाही राष्ट्रिय सभालाई वृद्धा आश्रमलाई के बाल आश्रम भन्नु ? प्रतिप्रश्न गर्नु भएको छ । सदनले खेद प्रस्ताव पारित पछि शाहीले सामाजिक संजालमा यस्तो प्रतिक्रिया आएको हो ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.