नारायणगढ-बुटवल सडक विस्तारको काम तीव्र
मासिक २ प्रतिशतको भौतिक प्रगति

पश्चिम नवलपरासी- लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडक विस्तारको काम अहिले धमाधम भइरहेको छ ।
सडकको दाउन्ने पूर्व र पश्चिम दुवै खण्डमा अहिले सडक कालोपत्र गर्ने, कल्भर्ट तथा बाँकी पुलको निर्माण, बेश तथा सव-बेशका कामहरु भइरहेका छन ।
ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले अहिले धेरै स्थानबाट एकै पटक काम गरिरहेको छ ।
आयोजनाको दाउन्नेदेखि बुटवलसम्ममा अहिले नवलपरासीको बर्दघाट, भुमहीसहित रुपन्देहीका विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंसाक मिश्रले अहिले अपेक्षाकृत काम भइरहेको बताउनुभयो ।
‘केही आशा लाग्ने गरी काम भएको छ तर अझै धेरै काम गर्न बाँकी नै छ, मिश्रले भन्नुभयो ।’
उहाँका अनुसार आयोजनाको अहिले मासिक २ प्रतिशतका दरले भौतिक प्रगतl रहेको छ । यति ठुलो आयोजनामा मासिक दुई प्रतिशतको प्रगतl सन्तोषजनक मान्नुपर्छ- मिश्रले भन्नुभयो ।
विगतमा विद्युतको पोलका कारण पनि काममा अवरोध हुFदै आएकोमा अहिले पोल सार्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
पोलकै कारण अहिले काममा असर नपरेको मिश्रले बताउनुभयो । वर्षायाम अगावै कालोपत्र गर्ने गरी दाउन्ने खण्डमा पनि कल्भर्ट निर्माणको कामलाई तिव्रता दिइएको छ ।
दाउन्ने पूर्वमा १६ ठाउँमा एकैपटक काम भईरहेको परियोजनाका पूर्व खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
पूर्वी खण्डमा निर्माण गर्नुपर्ने ३१ मध्ये २६ वटा कल्भर्ट निर्माण भएका छन् ।
बाँकी ७ वटाको काम चलिरहेको इन्जिनियर खनालले बताउनुभयो ।
पूर्वी खण्डको आधा भन्दा बढी सडक कालोपत्र भइसकेको छ ।
चैत मसान्तसम्ममा गैँडाकोट–दुम्कीबास खण्डमा एकतर्फी कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको खनालले बताउनुभयो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड लागतमा २०७५ सालबाट निर्माण सुरु भएको आयोजनाको गत साउनमा तेस्रो पटक एक वर्षको लागि म्याद थप भएको हो ।
म्याद थप भएपछि चार महिनासम्म काम गर्न आलटाल गरेको ठेकेदारले अहिले कामलाई तिव्रता दिएको छ ।
नारायणगढ बुटवल सडक खण्ड लामो समय सम्म जीर्ण हुँदा यात्रा कष्टकर बनेको छ ।।






प्रतिक्रिया राख्नुहोस्