मौसम र विपद: पिएसबीका प्राथमकिता

काठमाडौँ- सार्वजनिक सेवा प्रसारणमा मौसम र विपद सम्बन्धी समाचारका बिषयवस्तुहरु, त्यसको प्रभावकारिता अभिवृद्धि र प्राथमिकताका सम्बन्धमा एकदिने कार्यशाला आज सम्पन्न भएको छ ।
सार्वजनिक सेवा प्रसारण (पिएसबी) अन्तर्गत नेपाल टेलिभिजनमा आयोजित कार्यक्रममा पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणले मौसम विपदका विषय बस्तुहरूलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
राष्ट्रिय एकता, समृद्धि र विपद सार्वजनिक सेवा प्रसारणका मुख्य विषयवस्तु रहने र जनतालाई केन्द्रमा राखेर विषयवस्तुको उत्पादन गरिन अध्यक्ष डा विष्टको भनाइ थियो ।
कार्यक्रममा बिबिसी मिडिया एक्सनका किरण भण्डारीले मौसमजन्य विपद सम्बन्धी विषयहरू, समाचारहरूमा प्रयोग हुने भाषा र सम्प्रेषण गर्न खोजेको सन्देश स्पष्ट र सरल हुनुपर्ने भन्दै प्रयोगमा आएका शब्दावलीहरूलाई सहज बनाउन सुझाव दिनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारण अन्तर्गत रहेका नेपाल टेलिभिजन र रेडियो नेपालसँग बिबिसी मिडिया एक्सनले सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजन र रेडियो नेपालका मौसम तथा विपदसँग सम्बन्धित रिपोर्टिङ, सम्पादन तथा कार्यक्रम निर्माणमा संलग्न संचारकर्मीहरुको सहभागिता थियो ।।






प्रतिक्रिया राख्नुहोस्