बाढीले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण गर्न ठेक्का आह्वान हुँदै

दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य

काठमाडौँ –  असोजको दोस्रो साता आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्ग स्थायी रूपमा निर्माणका लागि आज ठेक्का आह्वान गरिदैछ ।

सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भएसँगै सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का आह्वान गर्न लागेको हो ।

अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

ठेक्का सम्झौता भएर निर्माण व्यवसायी परिचालन गर्न कम्तीमा तीन महिना लाग्ने छ । ठेक्का सम्झौतापछि बाढीले क्षति गरेको भकुन्डेबेंसीदेखि नेपाल थोकसम्मको करिब २८ किलो मिटर सडक खण्डको स्थायी रूपमा निर्माण गरिनेछ । जसमा सिन्धुलीतर्फ साढे २ किलोमिटर पर्नेछ भने बाँकी सबै काभ्रे खण्डमा पर्ने छ ।

दुवै खण्डमा स्थायी सडक निर्माण गर्ने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । गत असोजमा आएको बाढीले क्षति गरेको सडक निर्माणका लागि स्रोतको समस्या भएको थियो । स्रोत सुनिश्चित नहुँदा ठेक्का प्रक्रियाको काम अघि बढ्न सकेको थिएन ।

अर्थ मन्त्रालयले बीपी राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डमा १ अर्ब रुपैयाँ गरी कुल साढे ८ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.