गोरखामा सारङ्गी सिक्दै गन्धर्व महिलाहरु

गोरखा- गन्धर्व समुदायको परम्परागत पेशाको रुपमा रहेको सारङ्गी बजाउने कलाको संरक्षण गर्न गोरखामा गन्धर्व समुदायका महिलाहरू लागिपरेका छन । यसका लागि महिलाहरूले सारङ्गी बजाउने तालिम नै लिन थालेका छन् ।
गोरखा नगरपालिकाले वडा नम्बर-७ स्थित धारपानीमा गन्धर्व समुदायका महिलाका लागि तीन महिने सारङ्गी बजाउने तालिम सञ्चालन भएको तालिम सञ्चालक विष्णुबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
तालिममा गन्धर्व समुदायका १५ जना महिलाहरू सहभागिता रहेको छ।
सारङ्गी बजाएर आर्थिक जोहो गर्दै परिवार पाल्ने आधिकांश गन्धर्व समुदायका पछिल्लो पुस्ताका धेरैले सारङ्गी बजाउन जान्दैनन्। परम्परागत सीपको हस्तान्तरण नहुँदा सारङ्गी बजाउने कला लोप हुने अवस्थामा पुगे पछि गन्धर्व समुदायले वडा कार्यालयमार्फत सारङ्गी बजाउन सिक्न थालेका हुन्।
माघको १२ गतेदेखि सुरु भएको तालिम तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षक भगवती गान्धारीले जानकारी दिनुभयो । अनुरोध गरेर तालिम सञ्चालन गरिएको हो ।’’
अक्षर नचिनेका महिलासमेत औँलाको भरमा सारङ्गी सिकिरहेका छन् ।
गन्धर्व समुदायमा सारङ्गी बाजा लोप हुँदै गएकाले परम्परागत संस्कृतिको जगेर्ना गर्ने पनि तालिमको उद्देश्य रहेको छ ।
तालिमका लागि स्थानीय स्तरमा निर्माण गरिएको सारङ्गी उपलब्ध गराइएको छ।।






प्रतिक्रिया राख्नुहोस्