करिब एक महिनापछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंको नियमित सेवा शुरु
काठमाडौंः करिब एक महिनापछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले नियमित सेवा शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सहित केही कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि सिडियो कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको थियो ।
नियमित सेवाहरु पूर्ववत् संचालन गरिएसँगै सेवाग्राहीहरुको भीड लाग्न नदिन कार्यालयमा केही नयाँ व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार राहदानी, नाबालिग परिचयपत्र तथा सिफारिश पत्रहरुका लागि जिल्ला भित्रका वडाहरुलाई हप्तामा अलगअलग दिन पालो तोकिएको छ ।
कोरोना महामारीलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयमा सामाजिक दुरी कायम गराइएको र स्यानिटाइजर लगायतको व्यवस्था गरिएको काठमाण्डौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।
सम्बन्धी वडाहरुको नाम र पालो तोकिएको दिनसहितको सूची आफ्नो वेबसाइटमा राखिएको पनि सिडियो कार्यालयले जनाएको छ ।-
प्रतिक्रिया राख्नुहोस्