रुस-युक्रेन युद्धविरामको प्रस्ताव लिएर अमेरिकी वार्ता टोली मस्को पुग्यो

रुस र युक्रेनबीच युद्धविराम गर्ने सम्बन्धी प्रस्तावमा छलफल गर्न अमेरिकी वार्ताकारहरू रुसको राजधानी मस्को पुगेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत एवं गाजा र युक्रेन द्वन्द्वका मध्यस्थकर्ता स्टिभ विटकोफको नेतृत्वमा अमेरिकी वार्ताकारहरु  मस्कोमा पुगेका हुन ।

वासिङ्टनले  युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना रुससमक्ष प्रस्तुत गर्ने बिबीसीले जनाएको छ।

यस हप्ताको सुरुमा साउदी अरबमा भएको वार्तापछि किएभ अमेरिकी प्रस्तावमा सहमत भएको छ तर मस्कोले अमेरिकी पक्षलाई यो स्वीकार्य छ कि छैन भनेर सङ्केत गर्नुअघि विवरण प्रस्तुत गर्न आग्रह गरेको छ ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले अघिल्लो दिन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गर्नुभएको थियो ।

रुसले आफ्नो अर्थव्यवस्थामा भएका विकृतिहरूसँग जुझ्दै कुनै पनि सम्झौताको अंशका रूपमा प्रतिबन्धहरू हटाउन चाहेको समाचार माध्यमहरुले उल्लेख गरेका छन।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.