काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा वाग्ले नियुक्त

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ ।
प्राडा वाग्लेलाई प्रधानमन्त्री एवं केयूका कुलपति केपी शर्मा ओलीले आज उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।
उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो ।
 विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएसँगै नियुक्ति प्रकृया शुरु गरिएको थियो।
काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मनुुभएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार हुनुहुन्थ्यो । उहाँले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख  रहेर आफ्नो जिम्मेवारी सम्हालीसक्नुभएको छ ।
उहाँले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएको छ ।
राष्ट्रिय अखबारका नियमित स्तम्भरकार डा वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैँकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुुभव छ । उहाँले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय सङ्घीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आउनुभएको छ ।
उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.