सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु

काठमाडौँ-  सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार बसिरहेको छ।

बैठकमा सङ्घीय संसद्मा विचाराधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल हुने बुझिएको छ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्षीय दलका शीर्ष नेताको बैठकमा विचाराधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको थियो ।

हिजोको बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.