राष्ट्रियसभा बैठक बिहीबार बस्ने

काठमाडौँ– राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२: १५ बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिनुभयो ।
आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरुको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो । पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरी समय परिवर्तन गरी आजै ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो । उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्