डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी- डोटीमा काठ बोक्ने लोड मिनी ट्रक (शक्तिमान )पल्टिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन ।
जिल्लाको बडिकेदार गाउँपालिका–३ स्थित जनजागरण सामुदायिक बन अन्तर्गत देउथानको रातो ढुङ्गा भन्ने ठाउँँमा आज दिउँसो १२:३० बजे सडापडा काठ संकलन गर्दै गर्दा चालक बडिकेदार गाउँपालिका वडा नम्बरर-२ का २९ बर्षीय गोपाल बडैलाले चलाएको बा प्र ०३००१ ख २५३ ङ नम्बरको लोड मिनी ट्रक (शक्तिमान)अनियन्त्रति भइ सडक पल्टिएको थियो ।
मृत्यु हुनेमा बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोस गुरुङ रहेको बडिकेदार गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य प्रकाश लामाले बताउनुभयो ।
सोही घटनामा बडीकेदार गाउँपालिका–३ देवलका ३० वर्षीय लोक बहादुर पल्लीमगर घाइते भएका छन् ।
घाइते लोक बहादुर पल्ली मगरलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी मुलेचौर लगिएको प्रहरीले जनाएको छ भने चालक फरार रहेको र खोजि कार्य भइरहेको प्रहरी चौकी घाङगले जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्