बसबाट खसेर शिक्षकको मृत्यु

बैतडी- विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका-४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् ।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका-६ बाँगाबगरमा आज बसको ढोकाबाट खसेर उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

घटनापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका-५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.