आजदेखि नेपाल टेलिभिजनमा प्रसारण हुने मेरो डान्स युनिभर्सको होस्टमा तेरिया मगर

काठमाडौं – सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर- सिजन ३’ र सन् २०१७ मा’झलक दिखला जा सिजन ९’ जितेकी तेरिया फौजा मगर नेपाल टेलीभिजनबाट प्रशारण हुने “मेरो डान्स युनिभर्स सिजन २” नृत्य रियालिटी शोमा होस्टको रुपमा देखा पर्ने भएकी छ्न । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका द्वारा आयोजित विश्वस्तरीय यो शो आजदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ ।

बिश्वभरका २३ देशबाट नेपाली मुलका प्रतिभा सहभागी भइरहेको शो प्रत्येक आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ । साथै सोही समयमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको युट्युब च्यानलमा पनि हेर्न सकिने फाउन्डेसनको कार्यकारी निर्देशक चुडामणि भट्टराईले जनाएका छन । विश्वका नेपाली जातिका १ सय २० प्रतिभाले सहभागिता जनाएको यों शो को विजेताले एक करोड पुरस्कार पाउने छन् ।

सोको होस्ट तेरिया प्रसिद्ध नेपाली नृत्याङ्गना हुन् जसले भारतीय नृत्यरियालिटी शोहरूमा महत्वपूर्ण सफलता हासिल गरेकी छिन्।
‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा’ को बाहेक, तेरिया भारतीयटेलिभिजन उद्योगमा पनि एक प्रमुख व्यक्तित्वको रूपमा देखा परेकी छिन्। ती दुई शोहरूमा सफलता प्राप्त गरेपछि उनले विभिन्न नृत्य रियालिटी शोहरूतथा टक शोहरूमा अतिथि उपस्थितिको रूपमा भाग लिँदै आफ्नो नृत्यकौशल र मनमोहक व्यक्तित्व प्रस्तुत गरेकी छिन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.