अझै पाँच दिनसम्म वर्षा हुने अनुमान

काठमाडौं– देशका विभिन्न स्थानमा आइतबारबाट केहि दिन भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
आइतबारबाट चारदेखि पाँचदिनसम्म वर्षा हुने छ । वर्षासँगै बाढी पहिरो र डुवानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ । नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको मनसुनी न्यून चापीय रेखा क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि मौसम थप सक्रिय हुने विभागले जनाएको छ ।
आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
भोली र पर्सी पनि देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्