गाउँ जोगाउँन श्रमदान गर्दै माझी समुदाय

रामेछाप– गत बर्ष तामाकोसी नदिमा आएको बाढीले कटान गरेर जोखिममा परेको आफ्नो गाउँ गाइखुरालाई जोगाउँन यहाँका माझीहरु तटबन्ध निर्माणका लागि श्रमदानमा जुटेका छन् ।

सहयोगका लागि धेरै तिर हारगुहार गरेका माझी समुदायले कतैबाट पनि सहयोग नपाएपछि अहिले आफैं श्रमदान गरेर तटबन्ध निर्माणमा जुटेका हुन् । तिनै तहका सरकारसंग सहयोगका लागि याचना गरेका माझी समुदायले कतैबाट पनि सहयोग नपाएपछि आफ्नो गाउँ आर्फै जोगाउन तटबन्ध निर्माण गर्न लागेका हुन् ।

गत बर्षको असोज महिनामा आएको बाढीले बस्ति मुनिको भाग कटान गरेर तटबन्ध बगाएपछि जोखिममा परेको गाइखुरा गाउँका ८२ परिवार अहिले श्रमदानमा जुटेका छन् ।

बिहान उज्यालो नहुँदै तामाकोसी बगरमा ढुंगा बोक्न पुग्ने माझी समुदायले अहिले सम्म ६ दिन श्रमदान गरिसके । सरकारले जाली समेत उपलब्ध गराउन नसकेपछि माझीहरुले कोशिको ढुंगा संकलन गरेर तटबन्ध निर्माण गरेका छन् । तटबन्ध निर्माण संगै अब बस्ती जोगिने कुरामा माझी समुदाय बिश्वस्त भएको स्थानीय बालकृष्ण माझीले बताउनु भयो ।

श्रमदानमा जुटेका माझीहरुले खाजा खर्च भने गत बर्षको तिहारमा देउसी खेलेको रमकलाई सदुपयोग गरेका छन् । काम गर्दागर्दै भोक लाग्छ, त्यसैले खाजाका लागि आफ्नै समुदायले गत बर्षको तिहारमा देउसी खेलेको पैसा प्रयोग स्थानीय बालकृष्ण माझी बताउनु हुन्छ । बस्ती जोगाउन सवैतिर हार गुहार गर्दा पनि कसैबाट सहयोग नपाएपछि गाउँलेहरु सवै मिलेर श्रमदान गरी तटबन्ध निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.