प्रधानमन्त्रीसँग जापानका परराष्ट्र उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहनुुभएका जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिनुुभयो । प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताउनुुभयो ।
भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.