भूकम्प पछि पुनर्निर्माणसगै बदलिए गाँउ

सिन्धुली – २०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्पले सिन्धुली गाँउबस्ति क्षतविक्षत बनाएको थियो ।
ढुङगामाटो जडित घरहरू पूर्ण रूपले भत्किएका थिए । भूकम्पले उराठलाग्दो बनेका बस्ती भूकम्प गएको दश वर्षपछि रमणीय बस्तीका रूपमा देखिएका छन् ।
सरकारले भूकम्प प्रभावितका घर बनाउन अनुदान दिएसँगै गाँउबस्तिको मुहार नै फेरिएको छ । भूकम्प पछि पुनर्निर्माण भएका घरहरू भूकम्प प्रतिरोधी मात्रै नभएर आगलागीको जोखिमबाट पनि निकै टाढा छन् ।
पुराना घरहरूमा खरको छाना भए पनि भूकम्प पछि पुनर्निर्माण भएका सबै घरमा जस्तापाताको छाना भएकाले आगलागीको जोखिम समेत कम भएको स्थानीयले बताएका छन् ।
सिन्धुलीमा भूकम्पबाट झन्डै ३७ हजार बढी घर क्षति भएको थियो भने प्रबलीकरणमा १४ हजार ४ सय ४१ जना लाभग्राही थिए । पुनर्निर्माण प्राधिकरण मार्फत सरकारले प्रत्येक भूकम्प पीडितलाई आवास अनुदान दिएसँगै जस्तापाताले छाएका घरहरूले गाउँ सजिएका छन् ।
भूकम्प पछि धेरैले दुई कोठे भवन बनाएका छन् । साना चिटिक्क परेको भूकम्प प्रतिरोधी घर सिन्धुलीका बस्तीमा देख्न सकिन्छ । ढुङ्गा माटो र खरको छाना भएका घर भूकम्प पछि जस्ता टल्कने भएका छन् । पुराना घरहरू हराएर नयाँ प्रविधिका घरहरूले गाउनै बदलिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्